|  

नेपाली फिल्म ‘चिसो मान्छे’ आजदेखि प्रदर्शनमा

३ असार, काठमाडौं । नेपाली फिल्म ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा आएको छ । अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको यो फिल्म आज रिलिज भएको हो ।

शर्मिला पाण्डेको लगानी रहेको फिल्ममा दिपेन्द्र के खनालको लेखन, छायाङ्कन र निर्देशन रहेको छ। फिल्ममा स्वस्तिमाका साथै अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको अभिनय रहेको छ ।

रातो बाकसमा फर्किएका श्रीमानलाई बाजुराबाट काठमाडौंसम्म लिन आइपुगेकी पुष्पाको कथा फिल्ममा उतारिएको छ । काठमाडौंदेखि बाजुरासम्मको यात्रा फिल्ममा देखाइएको छ ।

फिल्मको सुटिङ काठमाडौं, बाजुरा लगायतका स्थानमा गरिएको थियो । फिल्ममा बाजुराको भाषासमेत समावेश गरिएको छ ।