|  

सुर्खेतमा ट्रक दुर्घटना हुँदा ट्रकमुनी च्यापिएर २ जनाको मृत्यु

४ असार, काठमाडौं । सुर्खेतमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ बस्ने २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोट नलगाढ नगरपालिका-१२ बस्ने २४ वर्षीय मिलन गुरूङ रहेका छन् ।शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको थियो।

गुर्भाकोट नगरपालिका-९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटना हुँदा दुई जना त्यही ट्रकमा च्यापिएका थिए।भीमबहादुर सो ट्रकका चालक हुन्। ट्रक सडकभन्दा ५० मिटर तल खसेको थियो।

प्रहरीले दुई जना ट्रकमुनी च्यापिएको अवस्थामा फेला पारेपछि प्रहरीले क्रेनको मद्दतबाट शव निकालेको हो।सो ट्रक दाङबाट सिमेन्ट र र सरिया लोड गरी उक्त जाजरकोटका लागि छुटेको हो।