|  

युवाहरुलाई उद्यमी बनाउनुपर्छ भन्ने कुरा बालेनले बुझेका छन्ः इन्जिनियर रितेश देव (भिडियोसहित)

५ असार, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सिनियर मेकानिकल इन्जिनियर रितेश देवले महानगरका बुम्रर देखि लिएर बायोग्यास उत्पादन गर्नेसम्मको काम आफुहरुले गरिरहेको बताएका छन् ।

हेडलाइन नेपालसँग कुरा गर्दै उनले महानगरमा बालेन शाह प्रमुख भएर आएदेखि नै यी कामको जिम्मा आफुहरुले पाएको जानकारी दिएका हुन् । महानगरका मेयर बालेन शाह आविष्कार केन्द्रमा आएको जानकारी दिदै उनले आफुहरुको क्षमतालाई देखेर उक्त कामको जिम्मेवारी दिएको बताए । हाम्रो देशमा पनि युवाहरुलाई उद्यमी बनाउनुपर्छ भन्ने कुरा बालेन शाहले बुझेको इन्जिनियर रितेशकाे भनाइ छ ।