|  

अमेरिकीलाई ठग्न नेपालमा कल सेन्टर

६ असार, काठमाडौं । सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने १३ जना पक्राउ परेका छन ।

उनीहरूले अमेरिकी तथा क्यानडाली नागरिकहरूलाई लक्षित गरी ‘क्लाइन्ट एक्सेस’ लिएर उनीहरूको डाइरेक्टरी फाइलमा आफ्नो पहुँच बनाई ‘योर आईपी एड्रेस इज ह्याक्ड एन्ड योर नेटवर्क इज कम्प्रमाइज्ड’अर्थात तपाईंको आईपी एड्रेस ह्याक भएर तपाईंको नेटवर्क कम्प्रमाइज भएको सन्देश पठाउने गरेको पाइएको छ ।
उनीहरूले विशेषगरी प्रयोगकर्ताको डिभाइस ट्रयाक गरेर डिभाइसमा अलर्ट पठाउँथे, जुन भारतीय समूहले तयार पारेको पाइएको साइबर ब्युरोले जानकारी दिएको छ । त्यसपछि त्यहाँ आएको समस्या समाधानका लागि माइक्रोसफ्टको जस्तो नक्कली सम्पर्क नम्बर उपलब्ध गराउँथे । ती कल नेपालको धुम्बाराही, काठमाडौंमा उठ्ने गथ्र्यो ।
त्यसमा उनीहरूले पीडितलाई समाधानका उपाय सिकाउने विभिन्न प्रक्रिया अपनाउन लगाउँछन्, जसले गर्दा उनीहरूको एक्सेस ह्याकर (कल सेन्टर) मा पुग्छ । त्यसपछि उनीहरूले प्रयोगकर्ताबाट ठगी सुरु गर्छन । यस्तो घटनामा विदेशी सेवा निवृत्त व्यक्तिहरू धेरै फसेको साइबर ब्युरोको अध्ययनले देखाएको छ ।