|  

रविको घोषणासभामा आम सर्वसाधारणको ओइरो,रचे इतिहास (भिडियोसहित)

८ असार, काठमाडौं । रवि छामिछानेले घोषणासभा कार्यक्रम आयोजना गरी मंगलबार नयाँ दल दर्ता गर्ने घोषणा गरे । पार्टीको नाम हो, राष्ट्रिय स्वतन्त्रत पार्टी ।

रवि लामिछाने चर्चित पत्रकार थिए । उनले संचालन गरेको कार्यक्रम सिधा कुरा जनतासँगले उनलाई जनतामाझ चिनाएको थियो । उनलाई नेपालमा बस्नेमात्र हैन विदेशमा वस्ने नेपालीहरुले पनि मन पराउने गर्दथे । तर त्यतिबेला कतिपयले भन्ने गरेका थिए, ‘रविका फ्यान नेपालमा भन्दा विदेशमा बस्ने नेपाली छन्, उनका लागि यहाँ नेपालमा कहाँ त्यस्ता फ्यानहरु छन र ? ।’ तर जब चिवतन घटना घट्यो त्यति बेला देखियो रबि लामिछानेका फ्यानहरु कति रहेछन् भनेर ।

उनले पत्रकार पेशा त्याग गरी राजनितिमा होमिने निर्णय गरेका छन् । यतिबेला रबि लामिछानेले दल दर्ता गरे भने धेरै ब्यक्ति आउँदैनन्, स्वतन्त्र रुपमा अघि बढे भने चाँही उनका समर्थकको भीड लाग्छ भन्नेहरु धेरै थिए । तर त्यसको मुख तोड जवाफ घोषणासभा कार्यक्रममा देखिएको छ । घोषणासभामा आम सर्वसाधारणको ओइरो लागेको थियो । कुनै ठुला राजनितिक दलहरुको आभसभामा पनि त्यति धेरै भिड कमै देखिन्छ । राष्ट्रिय सभा गृहको हलमा गरिएको कार्यक्रममा हल भित्र मात्र हैन, बाहिर पनि मनिटरमा भाषण सुन्नेको भीड थियो । उनको भाषणमा समर्थकहरुले हुटिङ पनि गरिरहेका थिए ।

रबि लामिछानेलाई सर्मथन गर्ने आभ सर्वसाधारण भीड देखेपछि राजनितिक दलहरुका नेता कार्यकर्ताहरुले विभिन्न आलोचना गरिरहेका छन् । उनीहरुले भन्दैछन्, ‘रवि लामिछानेको पार्टी निर्वाचन आयोगले दल दर्ता गर्न हुँदैन ।’ कसैले रवि लामिछानेले घोषणा गरेको पार्टीको नामकै बखेडाबाजी निकालिरहेका छन्, भने कसैले विगतमा आएका पत्रकारहरु जो राजनितिमा आए उनीहरुसँग पनि तुलना गरिरहेका छन् ।

यी र यस्ता खालका तर्क दिनु भनेको संकुचित मनस्थितिबाट आएका तर्क हुनसक्ने हामीले अनुमान लगाउन सक्छौ । जे जस्तो तर्क आएपनि उनले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएका छन् । अब प्रस्तुत छ, रवि छामिछानेको घोषणासभा रआयोगमा पुगेको दृश्यः