|  

बलिउडको लोकप्रिय चलचित्र ‘डन’को तेस्रो भाग निर्माण हुने

८ असार, काठमाडौं । बलिउडको लोकप्रिय चलचित्र ‘डन’को तेस्रो भाग निर्माण हुने भएको छ ।

चलचित्रमा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिनेछन । फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्ट सिक्वेलका लागि योजना बनाइरहेको छ । जसका लागि फरहान स्क्रिप्टको काममा जुटिसकेका छन । केही समय यता एक्सेल कथावस्तुको अभाव भएपछि ‘डन ३’ बनाउने या नबनाउने भन्ने विषयमा अन्योलमा थियो । तर, अहिले उसले एउटा गज्जबको कथा फेला पारेको छ । त्यसकारण चलचित्रका लागि तयारी पनि त्यसै अनुसार सुरु भइसकेको चलचित्र निकट स्रोतले जनाएको छ ।

अहिले फरहानले स्क्रिप्ट लेखिरहेकाले स्क्रिप्ट लक हुनासाथ उनले यो कथा शाहरुखलाई सुनाउनेछन । यसपटक चलचित्रमा निर्माताले रणवीर सिंहलाई पनि समेट्ने योजना बनाएका छन । चन्द्रा बरोटद्वारा निर्देशित एक्सन(थ्रीलर चलचित्र ‘डन’ सन १९७८ मा रिलिज भएको थियो । यो चलचित्रमा अमिताभका अलावा जीनत अमान, प्राण र इफ्तेखारले प्रमुख भूमिका निभाएका थिए ।

यो चलचित्रको कथा मस्ट वान्टेड डनको वरपर घुमेको थियो । जसमा अमिताभले डनको भूमिका निभाएका थिए । उनको दोहोरो भूमिका थियो ।