|  

पूर्वाञ्चल विश्वविद्यालयमा स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि आवेदन माग

८ असार, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय र विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको लागि आवेदन माग गरेको छ ।

आंगिक एवं सम्बन्धन प्राप्त क्यम्पस तथा कलेजहरुमा सञ्चालित स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुमा नयाँ भर्नाका लागि आवेदन माग गरेको हो । शैक्षिक सत्र २०७८ र०७९ मा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन हुने भएकाले इच्छुक व्याक्तिहरुले असार ८ गतेदेखि २४ गतेभित्र र देब्बर दस्तुरमा २७ गतेभित्र आवेदन दिनुपर्ने छ । आवेदन अनलाइन संकायको वेबसाइटबट अनलाइन मार्फत दिन सकिने विश्वविद्यालयले जनाएको छ ।