|  

आइएमई पेबाट हवाई टिकट काट्दा रु.३०० बोनस

८ असार, काठमाडौं । आइएमई पेले हवाई उडान टिकटमा ‘उच्च तापक्रममा उच्चतम छुट’ नामक अफर ल्याएको छ ।

अफर मार्फत यात्रुहरुले मंगलवार र शनिबारको दिन दिउँसोको ३ बजेदेखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप रु. ३०० बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाइएको कम्पनीले जनाएको छ ।

यस अफर अवधि भरि हप्ताको २ दिन (मंगलवार र शनिवार) १ घण्टाको लागि सो अफर मार्फत थप रु. ३०० बोनस यात्रुहरुलाई प्रदान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

असार ७ गतेदेखि शुरु भएको यस अफरमार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।