|  

ललितपुरका जनप्रतिनिधिलाई प्रचण्डले प्रशिक्षण दिँदै

९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ललितपुरका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन्।

माओवादी केन्द्रका तर्फबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई आज ११ बजे प्रशिक्षण दिने कार्यक्रम तय भएको हो। बिहीबार लगनखेलस्थित साझा पार्टी प्यालेसमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादीले जनाएको छ।

माओवादीले यसअघि देशभरका निर्वाचित जनप्रतिनिधिलाई राजधानी बोलाएर प्रशिक्षण दिएको थियो।