|  

सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो

९ जेठ, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।