|  

लेखापरीक्षण नबुझाउने २२ बीमा कम्पनी कारबाहीमा

९ जेठ, काठमाडौं । बीमा समितिले समयमा लेखापरीक्षण नबुझाउने २२ बीमा कम्पनीहरूलाई कारवाही गर्ने भएको छ ।

समितिले निर्धारित समयमा वित्तिय विवरण तयार पारी लेखा परिक्षण प्रतिवेदन बीमा समितिमा नबुझाउने कम्पनीहरूलाई कारवाही गर्ने भएको हो । नियामक निकाय बीमा समितिले यसअघि पनि बीमा समितिको नियमित विपरित काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरूलाई कारवाही गरेको थियो ।

नियमकको सीमाभन्दा बाहिर गएका कम्पनीहरूलाई कानुनी दायरामा नबसे आगामी दिनमा थप कारवाही गर्ने सन्देश आज एकै पटक २२ वटा बीमा कम्पनीहरूलाई कारवाही गरेर दिएको छ ।

समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाब किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई दश हजारका दरले जरिवाना गर्ने निर्णय समितिले गरेको छ ।