|  

बूढानीलकण्ठमा एक महिला मृत अवस्थामा फेला

९ जेठ, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा १ जना महिला मृत अवस्थामा फेला परेकी छिन ।

बुढानिलकण्ठ नगरपालिका-८ भंगालस्थित निर्माणाधिन घरमा निर्माणको काम गर्ने सोही नगरपालिका-३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार सोही घरको भुइँतलामा मृत अवस्थामा फेला परेकी छिन ।
महिलाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरी एक जनालाई पक्राउ गरेको छ ।