९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरेको छ ।
महानगरको वातावरण तथा कृषि विभागले एक सूचना निकालेर साउन १ देखि फोहोरको पृथकीकरण गर्न महानगरवासीलाई आग्रह गरेको हो । साउनदेखि अब कुहिने र नकुहिने फोहोर अलग अलग दिन उठाउने जनाएको छ ।
प्रचलित कानूनअनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर पृथकीकरणमा जोड दिएको महानगरले जनाएको छ । कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गर्ने महानगरले स्पष्ट पारेको छ । घरमै फोहोर नछुट्याए फोहोर संकलन नगर्ने सूचनामा भनिएको छ।
दुवै प्रकारका फोहोर एकै ठाउँमा मिसाए कारबाहीस्वरूप कानून अनुसार प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना हुने चेतावनी महानगरले दिएको छ ।