|  

धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जीवाणु

९ असार, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानीमा हैजा फैलाउने जीवाणु भेटिएको जनाएको छ।

काठमाडौंमा हैजाका विरामी भेटिएपछि बागबजारको धारा र ट्युवबेलको पानीको परिक्षण गरिएको थियो । परिक्षण गर्दा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको प्राधिकरणले जनाएको छ।