|  

रविको पार्टीविरुद्ध उजुरी गर्ने डम्बर र अधिवक्ता यज्ञमणीबीच चर्काचर्की (भिडियोसहित)

९ असार, काठमाडौं । रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न निर्वाचन आयोगमा २ वटा उजुरी परेको छ । 

‘राष्ट्रिय स्वतन्त्र पार्टी’दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी परेको हो । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुझाएको निवेदनमा भनिएको छ,‘स्वतन्त्र शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थितिको निर्माण हुनेछ ।

साथै यसले जनतामा भ्रम र अन्यौल उत्पन्न उत्पन्न गरी स्वतन्त्र शब्दको अर्थमै अपव्याख्या हुने अवस्था भएकोले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिनु हुन अनुरोध गर्दछौँ ।’

यसैवीच, उक्त विषयसँग सम्बन्धीत रहेर हेडलाईन नेपालको हेडलाईन विशेषमा हामीले अधिवक्ता यज्ञमणी न्यौपाने र स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर शाहुसँग बिशेष बहस गरेका छौँ ।

हेर्नुहोस उक्त भिडियो: