|  

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

९ असार, काठमाडौं ।सुनसरीको दुहवी नगरपालिका-३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका-२ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला देवी विश्वकर्मा रहेकी छिन्।

प्रदेश नम्बर२-०३-००१ ख २१०१ नम्बरको टिपरको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा संलग्न टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।