|  

भारतीय धार्मिक पर्यटक बोकेर ‘भारत गौरव’ रेल जनकपुर आइपुग्यो

९ असार, काठमाडौं । भारतीय धार्मिक पर्यटक बोकेर ‘भारत गौरव’ रेल जनकपुरमा आइपुगेको छ ।

14 कोच र 500 धार्मिक पर्यटक बोकेको रेल २१ जुन २०२२ मा भारतको नयाँ दिल्लामा भारतका माननीय रेल मन्त्री तथा माननीय पर्यटन मन्त्री द्वारा संयुक्त रूपमा झण्डा देखाई रवाना भएको रेल आज करिब १ः३० बजे जनकपुरधाम आईपुगेको हो ।उक्त रेल भारत र नेपालमा रामायण सर्किट कभर गर्ने आफ्नो प्रकारको पहिलो पर्यटक रेल हो।

No description available.

भारत र नेपालका प्रधानमन्त्रीहरुद्वारा ०२ अप्रिल २०२२ मा भारतको जयनगरदेखि नेपालको कुर्था जोड्ने रेललाई संयुक्त रूपमा उद्घाटन गरिएको थियो ।जनकपुरधाम रेलवे स्टेशनमा नेपाल र भारतका प्रतिष्ठित व्यक्तित्वहरू भारतबाट भारत गौरव ट्रेनमा आएका पर्यटकहरूलाई स्वागत गर्न भेला भएका छन् ।

उक्त रेल मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री श्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर श्री मनोजकुमार शाह, नेपाल रेलवेका महाप्रबन्धक श्री निरञ्जन झा, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर श्री प्रसन्न श्रीवास्तव र वीरगन्जस्थित भारतीय महावाणिज्य दूत श्री नितेश कुमार द्वारा स्वागत गरिएको थियो ।

अन्य प्रमुख व्यक्तित्वहरुमा स्थानीय राजनीतिक प्रतिनिधि, पदाधिकारी, व्यापारी, पत्रकार, नागरिक समाजका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।उनीहरुको सम्मानमा आयोजना गरिएको भव्य स्वागत समारोहले पर्यटकहरु हर्षित भएका थिए ।उक्त रेलमार्फत आएका पर्यटकहरू जानकी मन्दिरको दर्शन गर्ने छन्, जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम हेर्ने छन् तथा गंगा आरतीमा सहभागी हुने छन् जुन २४, २०२२मा पर्यटकहरु जनकपुरधाम जानेछन् र भारत गौरव ट्रेनबाट रामायण सर्किट रुटमा अगाडी यात्राका लागि सडक मार्गबाट सीतामढी जानेछन् ।

No description available.