|  

म्यानमारकी नेत्री सुचीलाई नजरबन्दबाट एकान्त काराबासमा सारियो

९ असार, काठमाडौं । भ्रष्टाचारको आरोपमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई एकान्त कारावासमा सारिएको छ ।

आपराधिक कानून बमोजिम उनलाई बुधबारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताएका हुन । सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन २०२१ को फेब्रुवरी यता सुचीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो भने पछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो ।

लोकतन्त्रका निम्ति गरेको अनवरत सङ्घर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाएकी ७६ वर्षीया सुचीमाथि सैनिक सरकारले मतदानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोनासम्बन्धी नियम तोडेकोलगायत विभिन्न आरोप लगाएको थियो ।