|  

सय वटा मोटरसाइकल बुलडोजर लगाएर ध्वस्त बनाइयो 

असार, काठमाडौं । अमेरिकाको न्युयोर्कमा १ सय वटा मोटरसाइकललाई बुलडोजर लगाएर ध्वस्त पारिएको छ ।

न्युयोर्क प्रहरीले नागरिकलाई दुःख दिने सय वटा मोटरसाइकललाई बुलडोजर लगाएर ध्वस्त बनाइदिएको हो । ध्वस्त बनाइएकामध्ये धेरैजसो मोटरसाइकल विशेषगरी कच्ची बाटोको लागि बनाइएका थिए ।

सहरमा तीव्र गतिमा कुदाउने, चर्को आवाज निकाल्ने, ट्राफिक नियमको पालना नगर्ने, पैदल यात्रुलाई ठक्कर दिँदै फुटपाटमा कुदाउने लगायतका गतिविधि गर्ने बाइकमाथि कारबाही गर्न नागरिकले उजुरी दिएका थिए ।नागरिकको उजुरीको आधारमा मोटरसाइकल चालकलाई पटक-पटक सम्झाइबुझाइ गरे पनि नटरेकोले बुलडोजर नै लगाएर ध्वस्त बनाइएको न्युयोर्क प्रहरीले जनाएको छ ।

न्युयोर्क सहरमा नागरिकलाई दुःख दिएर चल्ने २ हजार मोटरसाइकललाई गत जनवरीयता प्रहरीले नियन्त्रणमा लिएको थियो ।