|  

रामेछाप नगरको स्वास्थ्य नीति: जेष्ठ नागरिकको घर घरमै स्वास्थ्य परीक्षण

असार, काठमाडौं । रामेछाप नगरपालिकाले जेष्ठ नागरिकलाई घरघरमै आवश्यक स्वास्थ्य परीक्षण गर्ने र परामर्श गर्ने नीति बनाएको छ ।

रामेछाप नगरपालिकाले आफ्नो ११ औँ नगरसभाद्वारा ६८ वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण गर्ने भएको हो । जेष्ठ नागरिक समाजको आधार घरघरमै स्वास्थ्य परीक्षण र उपचार भन्ने नाराका साथ जेष्ठ नागरिकसँग मेयर कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

११ औं नगरसभामा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख बालाकुमारी कार्कीले पालिकाको २६ बुँदे नीति प्रस्तुत गरेकी छन् । कार्कीद्वारा प्रस्तुत गरिएको नीतिहरूमा महिला उद्धमशीलता, युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।