|  

उपत्यकामा गयरातीदेखि नै वर्षा, नदी किनारमा सतर्कता अपनाउन मौसम विभागको सुझाव

१० असार, काठमाडौं । उपत्यकामा गएरातिदेखि पानी परिरहेको छ । आज दिउँसो केही समय रोकिए पनि अपराह्न काठमाडौंमा पुनः पानी पर्नेछ ।

यसैबीच जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँमा गएराति धेरै वर्षा भएको भन्दै नदी किनारमा सतर्कता अपनाउन सुझाव दिएको छ । वर्षासँगै हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढेको र यी नदीसहित नालाको पानी सडकमा आउन सक्ने भन्दै महाशाखाले बिहान ९ बजेसम्म सजग रहन आग्रह गरेको हो । नदी किनार भई हिँड्नेलाई पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी प्रदेश-१ का केही स्थानमा शुक्रबार पनि भारी वर्षाको सम्भावना छ। गण्डकी प्रदेशमा पनि केही भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा पनि वर्षाको सम्भावना छ । यी दुई प्रदेशमा पनि मनसुनी वायुको प्रभाव देखिने बताइएको छ ।