|  

स्थानीय तहहरुले आज आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउँदै

१० असार, काठमाडौं । स्थानीय सरकारहरुले आज आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दैछन ।

कानुनी व्यवस्थाअनुसार स्थानीय तहले बजेट एकसाथ आज बजेट ल्याउन लागेका हुन । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । यसअघि संघ र प्रदेश सरकारले बजेट ल्याइसकेका छन ।