|  

प्रधानमन्त्री देउवा आज लुम्बिनी जाँदै

१० असार, काठमाडौं । लुम्बिनी विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जान लागेका छन ।

विश्वविद्यालयमा आयोजना हुने समारोहमा प्रधानमन्त्रीले विशेष समारोहमा सम्बोधन गर्ने र स्नातकोत्तर, पिएचडी उपाधि लिएकालाई दीक्षित गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा.तिलक आचार्यले जानकारी दिए ।

यसअघि बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न देउवा लुम्बिनी आएका थिए ।