|  

रोनाल्डो भित्र्याउने योजनामा बायर्न, के रोनाल्डोले गर्लान त स्वीकार ?

१० असार, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने योजना बनाएको छ ।\

बायर्नले आफ्नो मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्कीको विकल्पमा ३६ वर्षीय रोनाल्डोलाई अनुबन्ध गर्ने योजना अघि सारेको हो । बायर्नले इंग्लिस क्लब लिभरपुलबाट सादियो मानेलाई अनुबन्ध गरिसकेको छ । बायर्न आफ्नो आक्रमण अझै बलियो बनाउन चाहन्छ । बायर्नले पोर्चुगिज स्टारलाई लोभ्याउने प्रयास गरिरहेको छ  ।

किनकि उनीहरुको लेवान्डोस्कीको ठाउँ लिने नयाँ फरवार्ड ल्याउने प्रयासमा छन । तर, यो विषयमा रोनाल्डो र म्यानचेस्टर युनाइटेडले भने केही बोलेका छैनन । रोनाल्डो सन् २०२१ मा इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड फर्किएका थिए । उनले क्बलको दोस्रो इनिङमा ३० प्रिमियर लिग खेलमा १८ गोल गरेका छन ।

बायर्न छाड्ने घोषणा गरिसकेका लेवान्डोस्कीलाई स्पेनिस क्लब बार्सिलोनाले ४० मिलियन युरोको प्रस्ताव अघि सारिसकेको छ । यसलाई बायर्नले स्वीकार्ने अपेक्षा गरिएको छ ।