|  

एसीसी महिला टी-२०ः नेपाल सेमिफाइनलबाटै बाहिरियो

१० असार, काठमाडौं । वर्षा बाधक बन्दा एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत युएईसँगको फाइनल खेल रद्ध भएको छ ।

युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भएको हो । युएई फाइनलमा पुग्दा नेपाल भने सेमिफाइनलबाटै बाहिरिएको छ । मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । तर वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन । र, नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।

समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो । समूह चरणमा तीन खेल जितेको नेपाल हङकङसँग पराजित भएको थियो । अहिले नेपाललाई त्यही हार महँगो बन्न् पुग्यो ।