|  

राजकुमार रावको ‘हिट’को ट्रेलर सार्वजनिक, जुलाई १५ मा प्रदर्शनमा आउने

१० असार, काठमाडौं । बलिउड अभिनेता राजकुमार रावको फिल्म ‘हिटः द फस्र्ट केस’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मको ट्रेलर बिहीबार सार्वजनिक भएको हो । यो फिल्म सोही नामको चर्चित तेलगु फिल्ममा आधारित रहेर बनेको फिल्म हो । फिल्ममा राजकुमार रावसँगै शान्या मल्होत्रा मुख्य भूमिकामा रहेकी छिन ।

फिल्म क्राइम थ्रिलर विधामा आधारित रहेको छ। फिल्ममा एक बेपत्ता महिलाको खोजीमा आधारित रहेर कथा प्रस्तुत गरिएको छ। फिल्ममा शान्या र राजकुमारसँगै जतिन गोस्वामी, शानु कुमार र रोहन सिंहको अभिनय रहेको छ ।

फिल्मलाई सैलेश कोलनुले निर्देशन गरेका छन्। यो फिल्म १५ जुलाईमा प्रदर्शनमा आउनेछ।