|  

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१० असार, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाला सुन तोलामा ३ सय रुपैयाँल घटेको हो । आज छापावाला सुन नेपाली बजारमा प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता तेजाबी सुन आज प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।