|  

७ वटा गोरु गाडासहित ३० थान सालको गोलिया बरामद

१० असार, काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका ३ रानीकुन्डाको खल्लाखेत्बाट ३० थान सालको गोलिया बरामद गरिएको छ।

आज बिहान ४ बजे ७ वटा गोरु गाडामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा गोलिया बरामद गरिएको हो ।सब डिभिजन वन कार्यलय बर्दगोरिया र सब डिभिजन वन कार्यालय साडेपानीको संयुक्त नियमित गस्ती टोलीले गोरुगाडा सहित ३० गोलिया सालका २१९.९० क्यूफिट काठ बरामद गरेको हो ।

काठसहित ३ जना पक्राउ परेको सव डिभिजन वन कार्यालय बर्दगोरियाले जनाएको छ ।पक्राउ पर्नेमा बर्दगोरिया ६ विशालनगर बस्ने ४०  दिर्घ विक, ३८ वर्षीय रमेश विक र ३६ वर्षीय अर्जुन विक रहेका छन् । बाँकी ४ जना  भने फरार रहेका चौधरीले जानकारी दिए ।

बरामद काठ र गोरुगाडा  सव डिभिजन वन कार्यालय बर्दगोरिया कम्पाउन्डमा राखिएको छ भने पक्राउ परेका ३ जनालाई आज नै थप कानुनी कारबाहीका लागि  धनगढी चलान गरिएको छ।फरार ४ जनालाई छिट्टै कानुनी दायरामा ल्याइने डिभिजन वन कार्यलय पहलमानपुरका   प्रमुख  गोकुल रिजालले बताए  ।