|  

काठमाण्डौं १० क्षेत्रका भावि उम्मेदवार (भिडियोसहित)

१२ असार, काठमाडौं । पत्रकार पेशा त्याग गरि रवि छामिछाने दल सहित राजनितिमा प्रवेश गरेपछि विभिन्न किसिमका चर्चा परिचर्चा सुरु भएका छन् ।

कतिपयले भनेका छन्, ‘स्थानीय चुनावमा बालेन शाह, हर्क साङपाङ लगायतले स्वतन्त्र उम्मेदवारको रुपमा विजयी प्राप्त गरे । उक्त विजयीलाई आधार मानेर रवि लामिछाने नेपालको राष्ट्रिय राजनितिमा आएका हुन ।’

तर कतिपयले रवि लामिछाने अब देशको आवश्यकता रहेको बताएका छन् । उनीहरुले भनेका छन्, ‘विगतका कुनैपनि राजनितिक दलले त्यो इच्छा शक्ति देखाएन जुन इच्छा शक्तिले देशको मुहार फेरिनु पर्दथ्यो । देश र जनताको लागि काम गरिनुपर्दथ्यो, देशमा समृद्धि, विकास रोजगारी सम्पन्नता हुनुपर्दथ्यो । त्यसकारण अब रवि लामिछानेको राजनितिमा आवश्यकता छ ।’

रवि लामिछानेले दलगत रुपमा अगाडी बढ्ने जब राष्ट्रिय सभा गृहमा घोषणा गरे । उक्त घोषणापछि केहि स्वतन्त्र उम्मेदवारीको रुपमा आगामी संसदीय निर्वाचनमा अगाडी बढ्नुपर्छ भन्नेहरु पनि अहिले तरङगीत भएका छन् । उनीहरु भन्दैछन्, ‘ स्वतन्त्रको रुपमा अगाडी बढेर सवै पछि एकै ठाउँमा आउँदा राम्रो हुने थियो । तर रविले त्यस्तो नगरी उहाँले दल दर्ता गरेर राजनितिक दलको नेतृत्व गर्ने उदेश्यले अगाडी बढ्नुभयो, यसले समस्या भयो ।’

पछिल्लो दिनमा सुन्न आइरहेको छ, समस्या न रवि लामिछानेको दल हो, न अहिले जुन स्वतन्त्र उम्मेदवारका पक्षपोषण गर्ने गरी आवाज आइरहेका छन् त्यहा निर हो । समस्या कँहा छ त ? भिडियो हेर्नुहोस ।