|  

यसरी हेर्नुहोस आफूले पठाएको फ्रन्ड रिक्वेस्ट

१३ असार, काठमाडौं । फेसबुक हामी सवैले प्रयोग गर्ने एप हो । यो सन २००४ देखि सुरु भएको थियो । फेसबुकमा हामीले पठाएको फ्रेन्ड रिक्वेस्टबारे केहि जानकार हौँ ।

हामीले कहिलेकाहीँ कसैलाई फ्रेन्ड रिक्वेस्ट पठाएको हुनसक्छौँ र त्यो रिक्वेस्ट एक्सेप्ट नभएको पनि हुनसक्छ । तर लामो समयअगाडि पठाएको फेसबुक रिक्वेस्ट एक्सेप्ट भए/नभएको तपाईंले पनि याद नगरेको हुनसक्छ । 
फेसबुकले एक्सेप्ट भएको रिक्वेस्टको नोटिफिकेसन दिन्छ । तर लामो समयसम्म एक्सेप्ट नभएको रिक्वेस्टको भने नोटिफिकेसन दिँदैन । यस्तोमा कसैको पेन्डिङ लिस्टमा किन बस्ने ?

तपाईंको एक्सेप्ट नभएका फ्रेन्ड रिक्वेस्टलाई खोजेर क्यान्सिल गर्न सक्नुहुन्छ । हामी सबैलाई आफूलाई आएको फ्रेन्ड रिक्वेस्ट त हेर्न आउँछ । तर सबैलाई आफूले पठाएको फ्रेन्ड रिक्वेस्ट हेर्न नआउन पनि सक्छ ।

यसरी हेर्नुहोस् आफूले पठाएको फ्रन्ड रिक्वेस्ट

- वेबमा फेसबुक खोल्नहोस ।

-त्यसपछि माथि दायापट्टि मेसेन्जरको छेउमा मेन्युको आइकनमा क्लिक गर्नुहोस ।

त्यसपछि त्यहाँ फ्रेन्ड्सको अप्सनमा क्लिक गर्नेहोस ।

त्यसपछि वायाँपट्टि रहेको फ्रेन्ड रिक्वेस्टमा क्लिक गर्नुहोस ।

त्यसपछि भ्यू सेन्ट रिक्वेस्टमा क्लिक गर्नुहोस । त्यहाँ तपाईंले फ्रेन्ड रिक्वेस्ट पठाएका मान्छेहरूको लिस्ट देखिन्छ ।

मोबाइल एपबाट कसरी हेर्ने ?

सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस ।

त्यसपछि दायाँपट्टि भएको तीनवटा बारमा ट्याप गर्नुहोस ।

अब फ्रेन्डको अप्सनमा ट्याप गर्नुहोस ।

त्यसपछि फ्रेन्ड रिक्वेस्टको छेउमा भएको सी अल अप्सनमा ट्याप गर्नुहोस् ।

अब माथि दायाँपट्टि रहेको तीनवटा बारमा ट्याप गर्नुहोस ।

त्यसपछि तल रहेको भ्यू सेन्ट रिक्वेस्टमा ट्याप गर्नुहोस ।

अब त्यहाँ तपाईंले पठाएको रिक्वेस्ट देख्न सक्नुहुन्छ ।