|  

उपत्यकामा थप २४ जना कोरोना पुष्टि

१३ असार, काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा थप २४ जना कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा १८, भक्तपुरमा १ र ललितपुरमा ५ जना संक्रमित देखिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ११९ पुगेको छ ।

आज देशभर रहेका २ सय ८ जना सक्रिय संक्रमितमध्ये २ सय २ जना होम आइसोलेसनमा र ६ संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेका ६ मध्ये ३ जना आईसीयुमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।