|  

बझाङका अधिकांश सामुदायिक विद्यालयमा प्रधानाध्यापक पाउनै र्गाहो

१४ असार, काठमाडौं । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको कार्यबोझ बढ्दै गएपछि अचेल प्रधानाध्यापक पाउनै र्गाहो भएको छ ।

बझाङको थलारा गाउँपालिकाका अधिकांश विद्यालयहरुमा यस्तो समस्या रहेको हो । थलारा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रायभान ओलीले पहिले पहिले प्रधानाध्यापक हुनका लागि हानथाप हुने गरेपनि अहिले प्रधानाध्यापक पाउनै मुस्किल परेको जानकारी दिए । उनले एक वर्षको दौरानमा एक विद्यालमा तीन जना शिक्षक फेरिएको भन्दै अचेल प्रधानाध्यापक हुन शिक्षकहरुले झण्झट मान्ने गरेको बताए ।

उनले भने, ‘आफ्नो पढाउने कार्य छदैछ, त्यसमाथि प्रशासनिक कार्यहरू धेरै हुन्छ । परिश्रम धेरै भएपनि सेवा सुविधा छैन ।’प्रधानाध्यापकलाई सेवा सुविधा दिए मात्र काम गर्ने इच्छाशक्ति बढ्ने ओलीको भनाइ छ । ओलीले विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८ अनुसार विद्यालयहरुले सामाजिक परीक्षण गर्न नसकेको कुरा स्वीकार गरे ।