|  

एन्फा अध्यक्ष नेम्वाङलाई कतार फुटबल संघको बधाई

१५ असार, काठमाडौं । कतार फुटबल संघ क्युएफएले अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई बधाई सन्देशसहित पत्र पठाएको छ ।

क्युएफए र एफएफसीका उपाध्यक्ष रहेका साउद अल मोहनादीले मंगलबार एन्फा अध्यक्ष नेम्वाङलाई बधाई सन्देशसहित पत्र पठाएका हुन । असार ६ मा भएको एन्फाको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ नयाँ अध्यक्ष बनेका थिए ।

मंगलबारै फिफाले पनि नेम्वाङलाई बधाई दिएको थियो । बधाई दिने क्रममा कतारले एन्फासँगको बलियो सम्बन्धलाई निरन्तरता दिँदै अघि बढ्ने बताएको छ ।