|  

लक्ष्मण श्री उत्कृष्ट कलाकार अर्वाडबाट सम्मानित 

१५ असार, काठमाडौं । विगत एक दशक यता कलाकारीतामा सक्रिय युवा कलाकार लक्ष्मण श्रीले एक्सेलेन्ट अर्वाड हात पारेका छन् ।

दोस्रो राष्ट्रीय ग्राण्ड म्युजिक अवार्ड २०७८ मा उनलाई सो अवार्ड दिइएको हो । उनले थुप्रै गीतहरूमा गायन अभिनय तथा नृत्य गरेका छन । उनले गाएका गीतहरूमा हिमालको काखैमा, श्रृष्टिकी रचना हौ, मेरा हरेक सफलतामा, यो दिलमा नाम लेख्ने, इतिहासको पानामा लगायत छन ।

यस्तै वरिष्ठ लोक गायक अमरविरही गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, राष्ट्रिय पत्रकार सम्मान पत्रकार विपुल पोखरेललाई र दशकका श्रष्टा सम्मानमा सर्जक करण नेउपाने लगायतलाई विभिन्न अवार्ड मार्फत सम्मान गरिएको छ ।