|  

एसएमटेक टेक्नोलोजीले ई-बिलिङ सफ्टवेयर प्रवद्र्धन गर्दै 

१५ असार, काठमाडौं । नेपाल सरकारले विभिन्न व्यवसाय गर्दै आएका करदातालाई विद्युतीय माध्यमबाट बीजक (बिल) जारी गर्नुपर्ने प्रावधान ल्याएको छ ।

मूल्य अभिवृद्धि कर ऐन अन्तर्गत सरकारले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी यो प्रावधान ल्याएको हो । यसका लागि सहयोग र्पुयाउने उद्देश्यले एसएमटेक टेक्नोलोजीले ई-बिलिङ सफ्टवेयर प्रवद्र्धन गरिरहेको छ । निजी तथा सरकारी कार्यालयका लागि उपयोग हुने सफ्टवेयर तथा प्रविधिको विकास गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश पाण्डेले जानकारी दिए ।

सन २०१३ मा स्थापना भएको यो कम्पनी विशेषगरी सूचना प्रविधि तथा सफ्वेयर डेभलपमेन्टमा सक्रिय छ । यसअन्तर्गत कम्पनीले ई(बिलिङ, ई(इन्भोइस, पीओएस (पोइन्ट अन सेल), अकाउन्टिङ सिस्टम लगायतमा काम गर्दै आएको छ ।