|  

पलको मुद्धा लम्बियो, दर्शकमाझ अधिवक्ता न्यौपानेले मागे माफी (भिडियोसहित)

१५ असार, काठमाडौं । अधिवक्ता यज्ञमणि न्यौपानेले पल शाह मुद्धाको किनारा नलागेपछि दर्शकमाझ माफी मागेका छन् ।

हेडलाईन नेपालको हेडलाईन विशेषमा कुरा गर्दै उनले आफुले एक महिनाभित्र यो मुद्धाको अन्तिम किनारा लाग्ने बताएपनि मुद्धा लम्बिएको भन्दै क्षमा मागेका हुन् । अहिले पल शाहको मुद्धामा बहस गर्ने वकिल घटेको प्रसङगमा उनले वकिलको संख्या घट्नुमा पलका परिवारमा निहित कुरा भएको बताए ।

उनले भने, ‘ सवै कानुन ब्यवसायीहरु एक समयमा सहयोग गरिदिउ भन्ने अवस्थामा हुन्छन् । तर सधै कोही ब्यक्तिले सहयोग गर्न सक्दैन । को-को कानुन ब्यवसायी राख्ने भन्ने परिवारको निहित कुरा भएकाले कानुन ब्यवसायी घटेका हुनसक्छन् ।’

कानुन ब्यवसायी भनेको मौरी भएको प्रसङग जोड्दै उनले विभिन्न फुलहरुमा भएका रसहरुलाई घारमा ल्याएर सक्कली मह जसरी अर्थात कानुनका वास्तविक ब्यवस्था र मुद्धामा रहेका तथ्यहरुलाई केलाउनका लागि सहयोग गर्ने हैसियत निर्धारण गर्ने जिकिर गरे ।