|  

सेयर बजार नेप्से ४१ अंकले बढ्यो 

१५ असार, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सेयर बजार नेप्से परिसूचक ४१ अंकले बढेको छ।

आज नेप्से ४१.३९ अंकले बढेर १९६२.७१ को बिन्दुमा पुगेको छ । आज नेप्से बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ।बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री भएको थियो।

कारोबारमा आएका सबै उपसमूह बढेको छ ।आजको दोस्रो बजारमा धेरै कमाउने तीन कम्पनीमा क्रमशःआँधीखोला लघुवित्त, सीवाईसी लघुवित्त र बरुण हाइड्रोपावर कम्पनी रह्यो ।यस्तै धेरै गुमाउनेहरुमा मैलुङखोला जलविद्युत्, नेपाल इन्भेष्टमेन्ट बैंक डिभेन्चर २०८४ र नबिल ब्यालेन्स फन्ड रह्यो । आज २२८ कम्पनी मध्ये ९ कम्पनीको सेयर मूल्य बढेको थियो भने ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।