|  

चलचित्र ‘बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने !

१५ असार, काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलाकी’को प्रदर्शन मिति सार्वजनिक भएको छ।

फिल्मको फिल्म आगामी कात्तिक १८ गते प्रदर्शन हुने भएको छ। उक्त फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।सुनार निर्देशित फिल्म मुख्य गरि जाजरकोट क्षेत्रमा खिचिएको छ।त्यहाँको चलन चल्तीमा रहेको जारी प्रथामाथि आधारित रहेर फिल्म बनेको छ।

फिल्ममा सुरक्षा पन्त अभिनेता नरेन खड्का र विराज विष्टको अभिनय रहेको छ। टोपेन्द्र विष्टको निर्माणमा बनेको फिल्मलाई काठमाडौं उपत्यकामा गोपाल कायस्थ र काठमाडौं बाहिर ‘एफडी’ कम्पनीले वितरण गरेको छ।राज बहादुर साने, लक्ष्मण सुनार, निर्मल पौडेल र विराज विष्टको पटकथा तथा संवाद रहेको फिल्मको कथा भने राज बहादुर सानेको रहेको छ।