|  

सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु होः बालकृष्ण खाण

१५ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताएका छन्।

आज मनसुन पूर्वतयारी प्रतिकार्य बैठकमा बोल्दै गृहमन्त्री खाणले विपद्मा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई निर्देशन दिँदै सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु भएकाले त्यसका लागि एकीकृत प्रयास गर्न आग्रह गरे।

उनले विपद्को जोखिम न्यूनीकरण गर्दै जनताको जिउधनको रक्षा गर्ने राज्यको मूल दायित्व पूरा गर्न ठूलो चुनौती रहेको भन्दै त्यसलाई चिरेर अगाडि बढ्न सबैलाई निर्देशन दिए ।साथै उनले निरन्तर रुपमा वर्षातपछि आउने बाढी, पहिरो तथा हुने डुबानबाट रोक्ने रणनीतिसहितको पूर्वतयारी आवश्यक रहेको छ ।

 त्यसका लागि सडक, खानेपानी, सञ्चार, स्वास्थ्य, सुरक्षासहितका निकायलाई तम्तयारी अवस्थामा बस्न उनले निर्देशन दिए।