|  

गौशालामा नवजात शिशुको शव फेला

१५ असार, काठमाडौं । काठमाडौंको गौशालामा नवजात शिशुको शव फेला परेको छ ।

पशुपति मन्दिर परिसरको शौचालय नजिकै शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।शव केहीदिनअघि गाडेको र बुधवार उत्रेको अवस्थामा भेटिएको छ ।

शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।