|  

पानीको बहाव बढेसँगै सप्तकोशी नदीमा २४ वटा ढोका खोलियो

१५ असार, काठमाडौं । निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव ह्वातै बढेको छ।

बुधबार साँझको मापन अनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।सप्तकोसीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिएको छ ।यद्यपि सप्तकोशीमा पानीले धार परिवर्तन गर्ने वा बाँध फुट्ने सम्भावना कम रहेको कारण खतरा उत्पन्न नहुने सुरक्षा निकायको विश्वास छ ।