|  

बैतडीमा अटोरिक्सा र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते

१५ असार, काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिका–६ को बांगाबगरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते भएका छन् ।

सु.प.प्र.०२००३प ९३६७ नम्बरको मोटरसाइकलल र सु.प.प्र.०१ ००१ह ४९६७ नम्बरको अटो रिक्सा ठोक्किएको हो ।घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका-१ किम्तडीका ५० वर्षीय खुईले भूल, डिलाशैनी -६ का मोटरसाइकल चालक ३५ वर्षीय भरत माल तथा सोही ठाउँका अटो चालक ४० वर्षीय मनोरथ नाथ रहेका छन् ।

यसैगरी, दार्चुलाको लेकम-१ सिजालीका ३२ वर्षीय मानसिंह कार्की र उनकै ३० वर्षीय श्रीमती भागरथी कार्की रहेका छन् ।घाइते सबै जनाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्र दार्चुलामा उपचार भैरहेको बताइएको छ ।घाइते ३ जनाको हात, खुट्टा र पेटमा गम्भीर चोट रहेको छ ।