|  

एमालेअध्यक्ष ओलीले मेसिनबाट धान रोपे

१५ असार,काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १५ को अवसर पार्दै मेसिनबाट धान रोपेका छन् ।

रोपाईंमा सहभागी हुन भक्तपुरको सिरुटार पुगेका उनले एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघले आयोजना गरेको रोपाई महोत्सवमा धान रोपेका हुन् । कार्यक्रममा एमालेसम्वद्ध अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालको पनि उपस्थिति थियो ।