|  

आईसीसी वरीयताः सन्दीप लामिछाने ४०औँ स्थानमा

१५ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी-२० अलराउण्डर वरीयता यथावत् रहेको छ ।

यसअघि दीपेन्द्र वरियताको नवौं स्थान थिए । यसपटक समेत सोही रहेको छ । यो दीपेन्द्रको हालसम्मकै उच्च वरियता हो ।

बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ४०औँ स्थानमा छन् । अविनास बोहरा ९३औँ स्थानमा झरेका छन् ।