१५ असार,काठमाडौं । अमेरिकाले युक्रेन युद्धमा रुसलाई सहयोग गरेको भन्दै चीन र पाकिस्तानसहितका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ ।
वाइडेनप्रशासनले रूसको सैन्य र प्रतिरक्षा सामर्थ्य बढाउन सहयोग गरेको झोकमा चीनका थप पाँच कम्पनीलाई कालोसूचीमा राखेको हो । यसअघि उसले २५ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा समावेश गरिसकेको छ ।वासिङ्टनले रुस, संयुक्तअरब इमिरेट्स, लिथवानिया, पाकिस्तान, सिङ्गापुर, संयुक्त अधिराज्य, उज्वेकिस्तान र भियतनामका ३१ कम्पनीलाई कालोसूचीमा राखेको अलजजिराले जनाएको छ ।
तीन वटा चिनियाँ कम्पनीले रुसी सेनालाई सहयोग गरेका थिए । रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि ती देशका कम्पनीले रुसलाई सामग्री आपूर्ति गरेका थिए । अमेरिकाले रुसलाई सहयोग गर्न खोज्ने विश्वभरका कम्पनी तथा व्यक्तिमाथि शक्तिशाली सन्देश दिएको र रुसलाई सघाउनेहरूको नियति पनि त्यस्तै हुने चेतावनी दिएको छ । कम्पनीहरू कालोसूचीमा परेपछि वाणिज्य विभागले उनीहरूका सामान स्वीकार गर्दैन र व्यापार गर्न पुनः उक्त विभागबाट अनुमति लिनुपर्ने हुन्छ ।