|  

हाम्रै कारणले कृषि खाद्यान्न आयात गर्नुपरेको होः एमालेअध्यक्ष ओली

१५ असार,काठमाडौं । नेकपा एमालेअध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि कृषिजन्य वस्तुको ठूलो हिस्सा आयातमा रहनु दुःखद् भएको बताएका छन् । 

१९औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा अयोजित रोपाइँ महोत्सवमा हाम्रै लापरवाहीका कारण नेपालीले खाद्यान्न आयात गर्नुपरेको बताए छन् ।

उनले अब यस्तो स्थितिलाई सुधार गर्नुपर्ने बताए । अहिले हामी आफैले गर्दै आएको लापरवाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्नु पर्ने बताए । यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकीकरणतर्फ लम्कने उनले बताए । आफैलाई सुधार गरे उन्नत बिउँ र आफ्नै जीवनस्तरसमेत सुधार गर्न सकिने बताए ।

नेपाल कृषि प्रदान देश हो । हाम्रो मुख्य कृषि उत्पादन पनि धान नै हो । नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त छ । यो सबै भूभाग र वातावरणलाई हामीले सदुपयोग गर्नु पर्ने उनको भनाइ छ ।