|  

माैद्रिकनीतिबारे अर्थमन्त्री र गभर्नरबीच छलफल

१५ असार, काठमाण्डौ । नेपाल राष्ट्रबैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासमक्ष आगामी मौद्रिक नीतिबारे ब्रिफिङ गरेका छन् ।

अर्थमन्त्री र मन्त्रालयको टीमसँग गभर्नर अधिकारीले अर्थतन्त्रको अहिलेको अवस्था मूल्याङ्कन गरी मौद्रिकनीति आउने बताए । अर्थमन्त्री शर्मासहित मन्त्रालयका सचिवहरुले मुद्रास्फीति, आर्थिकवृद्धिलगायतमा बजेटले लिएका लक्ष्य पूरा गर्नेगरी मौद्रिकनीति ल्याउनुपर्ने बताएका थिए ।