|  

देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षा 

१६ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर मौसम सामान्य बदली रहेको छ ।

मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

राती भने मौसम केही सुध्रिन सक्ने बताइएको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षा जारी रहने भएकाले विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।