|  

पछिल्लो दिनहरूमा डलरको भाउको लगातार कीर्तिमान 

१६ असार, काठमाडौं । आज नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

डलरको यो मूल्य हालसम्मकै उच्च हो । बुधबार डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा कायम भएको थियो । पछिल्लो दिनहरूमा डलरको भाउले लगातार कीर्तिमान बनाइरहेको छ ।