|  

राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट आउट 

१६ असार, काठमाडौं । फ्रान्सकी कारोलिन गार्सियासँग पराजित हुँदै बेलायती युवा टेनिस खेलाडी इमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट आउट भएकी छन् ।

गय राति चर्च रोडस्थित सेन्टर कोर्ट बेलायती नम्बर एक महिला खेलाडी राडुकानुलाई गार्सियाले ६-३, ६-३ ले पराजित गरेकी हुन् । अब, गार्सियाले तेस्रो चरणमा झाङ शुईसँग खेल्ने छिन्।

यता, अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन । शीर्ष वरीयताका जोकोभिचले थानासीमाथि ६-१,६-४, ६-२ को जित निकाले। अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन ।